काठमाडौँ, १ कात्तिक । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी भएका छन् । उनी सङ्घको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै विजयी भएका हुन।
अध्यक्षका अर्का प्रत्यासी आचार्यले एक हजार ७० मत प्राप्त गरेको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष पन्तले जीत आफ्नो मात्र नभएर सबै गैरआवासीय नेपालीको भएको प्रतिक्रिया दिए । सबैलाई एकताबद्ध बनाएर लैजानेसमेत उहाँले प्रतिबद्धता व्यक्त गरे । बिहीबार बिहान १०ः०० बजेदेखि शुरु भएको मतदान दिउँसो ४ः०० बजेसम्म भएको थियोे । बिहीबार रातिदेखि शुरु भएको मतगणना आज अपराह्न सम्पन्न भएको थियो ।
यसैगरी उपाध्यक्षमा डा बद्री केसी एक हजार १६१, अर्जुकुमार श्रेष्ठ एक हजार २६, मनकेसी ९६१ र सोनाम लामा ८९८ मत प्राप्त गरी विजयी भएका छन् । सङ्घको महिला उपाध्यक्षमा रविना थापा एक हजार २३२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा डा हेमराज शर्माले एक हजार १३९, सचिवद्वयमा गौरीराज शर्मा ९१६ र आरके शर्मा ८६८ मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ एक हजार ६५३ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल एक हजार १८४ मत प्राप्त गरी निर्वाचित भएका छन्।
यसैगरी महिला संयोजकमा शोभादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ, क्षेत्रीय संयोजक ९अफ्रिका०मा रोशन थापा, क्षेत्रीय महिला संयोजक ९अफ्रिका० मनकला थापा विष्ट, क्षेत्रीय संयोजक ९अमेरिकाज्०मा राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक ९अमेरिकाज्०मा रामसी पोखरेल, क्षेत्रीय महिला संयोजक ९अमेरिकाज्० मा उमा कार्की थापा, क्षेत्रिय युवा संयोजक ९अमेरिकाज्० मा विमला सापकोटा निर्वाचित भएका छन् ।
यसैगरी क्षेत्रीय संयोजक ९एशिया प्रशान्त० गोविन्द श्रेष्ठ, क्षेत्रीय उपसंयोजक ९एशिया प्रशान्त० खगेन्द्र न्यौपाने र पारशमणि पोखरेल, क्षेत्रीय महिला संयोजक ९एशिया प्रशान्त० अमृता थापा क्षेत्रीय युवा संयोजक ९एशिया प्रशान्त० दीपकप्रसाद कँडेल निर्वाचित भएका छन् ।
यसैगरी क्षेत्रीय संयोजक ९मध्यपूर्व०मा प्रविण गुरुङ, क्षेत्रीय उपसंयोजक ९मध्यपूर्व०मा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल क्षेत्रीय महिला संयोजक ९मध्यपूर्व० सुमित्रा देवी पौडेल, क्षेत्रीय युवा संयोजक ९मध्यपूर्व०मा राजु रेग्मी निर्वाचित भएका छन् ।
यसैगरी क्षेत्रीय संयोजक ९युरोप०मा नारायणप्रसाद आचार्य, क्षेत्रीय उपसंयोजक ९युरोप०मा कृष्णप्रसाद तिमिल्सेना, मुक्तबहादुर गुरुङ र शुक्रराज न्यौपाने, क्षेत्रीय महिला संयोजक ९युरोप० कुमारी योगिता थापा, क्षेत्रीय युवा संयोजक ९युरोप० जयकृष्ण ठाकुर निर्वाचित भएका छन् ।
यसैगरी क्षेत्रीय संयोजक ९ओसियाना०मा हेमराज पाण्डे, क्षेत्रीय उपसंयोजक ९ओसियाना० नवीन कँडेल, क्षेत्रीय महिला संयोजक ९ओसियाना० जानकी पौडेल र क्षेत्रीय युवा संयोजक ९ओसियाना० राजकुमार थपलिया निर्वाचित भएका छन् । निर्वाचनमा करीब दुई हजार ३०० मत खसेको थियो । गत असोज २८ गतेदेखि सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन शुरु भएको हो । कूल ४२ पदका लागि भएको निर्वाचनमा ७६ प्रतिस्पर्धी हुनुहुन्थ्यो । तीन दिनसम्म चलेको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी थिए ।
–––
प्रतिक्रिया