२० कार्तिक २०८१, मंगलबार । November 5, 2024

अर्थ

अलिबाबाका संस्थापक अध्यक्ष ज्याक माले पाए फोब्र्स अचिभमेण्ट अवार्ड



ई विजिनेसका प्रसिद्ध व्यक्ति अलिबाबाका संस्थापक अध्यक्ष ज्याक मालाई फोब्र्स सिइओद्धारा लाइभटाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ । सिङगापुरमा जारी फोब्र्स ग्लोबल सिइओको सम्मेलनमा उक्त अवार्ड प्रदान गरिएको हो ।

अलिबाबाले प्रत्येक महिना ५० हजार अमेरिकी डलर बराबरको व्यापारीक कारोबार गर्दै आएको छ । ज्याक मा का अनुसार कम्पनीको प्रत्येक रोज ३० करोड बराबरले साइबर हमला गर्ने गरेको छन् । यति विग्न साइबर हमला भएपनि कम्पनीको व्यावसायिक कारोबारमा केही नोक्सान हुन पाएको छैन् ।
गत फेब्रुवरीवरीमा अलिबाबाको साइटमाथि भएको साइबर हमलाको प्रयासका कारण कम्पनीको इकमर्श ताओबाओको २ करोड अकाउण्ट खतरामा परेको थियो । यो खतरा समयमै पत्ता लगाएकाले यस हमलाबाट जोगिएको ज्याकले बताए ।
ज्याकमाले अलिबाबाको यो प्रसिद्धी कमाउनुमा कडा मेहनत ,निरन्तरता र भाग्यले साथ दिएको बताउँछन् । पछिल्लो चरण ज्याकमाले अलिबाबाको संस्थापक अध्यक्षबाट राजिनामा दिएका थिए । यो विजीनेस कारोबारमा अतुलनीय योगदान दिएकाले उनलाई फोब्र्स ग्लोबल सिइओ कन्फेरेन्समा उक्त अचिभमेण्ट अवार्ड प्रदान गरिएको फोब्र्स सिइओ ले उल्लेख गरेको छ ।

प्रकाशित : २९ आश्विन २०७६, बुधबार ००:००