३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

समाचार

भारत र नेपालको सिमानामा पर्खाल लगाऔं अभियान सुरु





नवलपरासी जिल्लाको सुस्तामा नागरिक समूहले एक बिशेष कार्यक्रमको आयोजना गरी सिमानामा पर्खाल लगाऔं अभियानको सुरूवात गरेको छ । सीमाना मिच्न नदिई माटोको रक्षा गर्ने उदेश्यले यस्तो अभियान थालिएको हो । खुल्ला सिमानामाको फाईदा उठाउँदै हुने बिभिन्न आतंकवाद गतिबिधिहरू हत्या हिंसा, चन्दा, अपहरण लगायतका गतिविधिलाई निरुत्साहित गर्न पर्खालले ठूलो योगदान पुयाउने जनाइएको छ । मित्रराष्ट्र भारत र चीन बिरोधी कृयाकलापहरू रोक्न, खुल्ला सिमानाको कारणले हुने नक्कली नोटको तस्करी, पशुपंक्षी, जडिबुटिहरूको तस्करी, महिला, बालबालिका तथा मानब बेचबिखन रोक्न सीमा नाकामा गिरोहहरूले नागरिकहरूलाई दिने दुख र समग्रमा राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सिमानामा पर्खाल लगाउन बाध्य भएको यस अभियानका अध्यक्ष निगम हुमागाइँले बताएका छन् ।

“सिमानाको रक्षाका लागि ज्यान दिन तयार छौं,सिमाड्कन गरी पर्खाल लगाउनु आवश्यक छ,हामी महिला बालबालिका,बृद्ववृद्वा सवै धर्म ,जाती,समुदाय,राजनैतिक पार्टीहरू यस अभियानमा एकबद्व भई साथ दिन्छौं” सुस्ता बचाउ अभियान कि महिला नेतृ लैना बेगमले भनिन् । नागरिक समूहका अध्यक्ष निगम हुमागाइँको नेतृत्वमा सचिब कृष्ण पौडेल,अभियन्ताहरू अर्जुन भूषाल,लक्ष्मण बजगाई, प्रबिन अर्याललगायत सुस्ता पुगेको टोलिलाई सुस्ता बचाउ अभियानका गोपाल गुरूड्,उपाध्यक्ष आदम खाँ,महिला नेतृ लैला बेगम,रविन्द्र जैसवाल लगायत स्थानीय सुस्ता बासीले भव्य स्वागत गरेका थिए ।

प्रकाशित : १४ आश्विन २०७६, मंगलबार ००:००