२६ आश्विन २०८१, शनिबार । October 12, 2024

मुख्य खबर

मुलुकको समृद्धी राजनीतिक स्थिरता विना सम्भव छैन : मुख्यमन्त्री राई



प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश निर्माण हुन नसक्ने बताएका छन् । नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज यहाँ उद्घाटनलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । मुख्यमन्त्री राईले देश निर्माणको पहिलो सर्त शान्तिसुरक्षा, सुशासन र राजनीतिक स्थायित्व हो भन्दै स्वच्छ र समुन्नत प्रदेश बनाउन प्रदेश सरकारले कृषि, पर्यटन, उद्योगलाई उच्च प्राथमिकतामा राखेको छ भने । उनले शान्तिसुरक्षाको स्थिति बलियो भएमा मात्र देश निर्माण गर्न सरकारले लिएको सङ्कल्प पूरा हुने विचार व्यक्त गरेका छन् । शनिबारदेखि चलेको बैठकको समीक्षा गर्दा प्रदेश नं १ मा शान्तिसुरक्षाको स्थिति सन्तोषजक रहेको पाइएको बताउँदै

प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राई नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्तरुपमा आइतबार यहाँ आयोजिक प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै । । तस्विर ः मनोज दाहाल

मुख्यमन्त्री राईले शान्तिसुरक्षाको चुनौतीलाई सामना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सरकार समाजवादको लक्ष्य पूरा गर्ने दिशामा अघि बढिरहेको र यसैको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकिनेमा जोड दिएका छन् । बैठकमा गृहमन्त्रीका सल्लाहकार इन्द्रजीत राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रदेश नंंं १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, १४ वटै जिल्लाका प्रजिअ, प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरु सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २९ भाद्र २०७६, आइतबार ००:००