२९ आश्विन २०८१, मंगलबार । October 16, 2024

तस्बिर

सुरु भयो उराँव समुदायको करम पुजा



इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सुरु भएको छ । यहाँ बसोबास गर्ने उराँव समुदायहरुले आफ्नो महान पर्व करम पुजाको अवसरमा पूर्व सन्ध्यामा सांस्कृतिक कार्यक्रम सुरु गरेको हो ।
नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा शुक्रबार करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सुरु भएको हो । कार्यक्रम सुरु हुनु अगाडी विहान हजारौंको संख्यामा उराँवहरुले आफ्नो जातीय पहिरण भेषभुषा सहित इनरुवामा वृहत उराँव पोशाक(पहरिण) प्रदर्शन गरेका थिए ।
कार्यक्रममा सुनसरी र मोरगंका उराँवहरुले पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरु रातो र सेतो सारी, हातमा चादीको चुरा, घाटीमा हसुली, तिलहरी, पाखुरामा गोफ(गहना) सहित सजिएर सहभागि भएका थिए ।
इनरुवाको विहीबारे हातमा जग्गा भएका उराँव पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरुले रातो र सेतो सारी सहित सजिएर इनरुवा २, १ हुदै बजार , लोकतान्त्रिक चौक , भगवती रोड हुदै प्रतिष्ठानको भवन तथा संग्राहलयको मैदानमा करम पूर्व सन्ध्या कार्यक्रममा सहभागि भएका थिए ।


उराँवहरुको महान पर्वको बारेमा सन्देश दिने , भाषाको संरक्षण गर्ने र मौलिकता पदर्शन गर्ने उदेश्यका साथ कार्यक्रम सुरु गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो । एक महिनासम्म मनाइने करम पुजाको विधिवत सुरु गरेको र त्यसको झल्को दिनका लागि २६ वटा झाकी समूह सहित उराँव कलाकार, साहित्यकार, कलाकर्मी, शिक्षक, वुद्धिजिवि र अगुवाहरुको उपस्थितीमा करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न गरेको उराँवले बताउनुभयो । विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका मनाइने करम पुजाले उराँवहरुलाई जोडेने भएकाले पूर्व सन्ध्या कार्यक्रम गरेको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताउनुभयो । कार्यक्रममा इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेलले उराँवहरुको हरेक कार्यक्रम र आरक्षणका लागि पहल गर्ने तथा सार्थकताका लागि शुक्रबार नगरक्षेत्रमा सार्वजनिक विदा समेत दिएको बताउनुभयो । वहाँले उराँवहरुको हक, अधिकार र पहिचानका लागि नगरपालिकाको तर्फबाट हुने सबै खालका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रमुख अथिति प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्य मन्त्री सिताराम मेहताले उराँवहरु नेपालका धर्ती पुत्र भएकाले उनीहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो । वहाँले आफ्नो तर्फबाट हुने सबै खालका सहयोग गर्ने र उराँवहरुको पहिचान तथा सम्मानका लागि काम गर्ने क्रममा संसद विकास कोषको ५० लाख रुपियाँ सहयोग गरेर प्रतिष्ठानको उरावँ सग्राहलय निर्माण गरेको बताउनुभयो ।
उराँवहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो परिहण सहित नाचगान गर्ने, प्रवचन भन्ने लगायतका कार्यक्रम गर्दै करम पुजा गरीरहेको उराँव समुदायका शिक्षक सम्पतलाल उराँवले जानकारी दिनुभयो । करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल , गीत नृत्य, पहिरण, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री(माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हल्लो) सहितको प्रदर्शन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सचिव रामलाल उराँवले जानकारी दिनुभयो ।
प्रतिष्ठानका सल्लाहकार जयकुमार उराँवले करम पुजा उराँव जातीको मुख्य चाड रहेकाले अहिलेका पुस्ता र पुराना पुस्ताहरु बिचमा रहेको पुस्तान्तरणलाई समेत एक ठाँउमा ल्याएर वर्तमानमा विगतका परम्पराहरुलाई संरक्षण गर्ने गरि करम पूर्व कार्यक्रम गरिएको बताउनुभयो । प्रतिष्ठानका कोषाध्यक्ष सम्पतलाल उराँवले नेपालीको ऐतिहासिक पृष्ठभूमिसंग जोडिएको उराँवहरुको कला , कौशल प्रदर्शन गर्नका लागि करम पूर्व सन्ध्या कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य जयकृष्ण यादव, प्रतिष्ठानका उपाध्यक्ष जयप्रकाश उराँव, सचिव रामलाल उराँव, सल्लाहकार नुनुलला उराँव, श्रीमती कुमारी शरना उराँव, परमेश्वर उराँव, राजकुमार उराँव, जयकुमार उराँव, बासुदेव उराँव, ब्रहमदेव उराँव, सदस्यहरु देवप्रकाश उराँव, जयप्रकाश उराँव र दुर्गानारायण उराँव लगायतकाले करम पूर्व सन्ध्याको अवसरमा शुभकामना दिएका थिए ।
त्यसैगरी कार्यक्रममा डा.प्रध्यापक विनोद पोखरेल, रनिया उरावँ, मणी गुरुग,इनरुवा नगरपालिका २ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव,सहितका सरोकारबालाहरुले समेत करम पूर्व सन्ध्याको अवसरमा शुभकामना दिनुभएको थियो ।
कार्यक्रमका विषेश अथिति भारतको राची विश्व विद्यालयका प्रध्यापक महेश भगतले प्रतिष्ठानको उद्घाटन र एतिहासिक करम पूर्व सन्ध्याले जातीय अधिकार र संस्कृति संस्कारको संरक्षणमा योगदान गरेको बताउनुभयो । वहाँले नेपालमा रहेका उराँवहरु इमान्दार , कर्मयोगी, नैतिकवान भएकाले संस्कृतिमा धनी जाती समेत भएको दावी गर्नुभयो । वहाँले कार्यक्रममा नाचगान, सांस्कृतिक कार्यक्रमले नै सबैलाई जोड्ने काम गरेको बताउनुभयो ।

प्रकाशित : २८ भाद्र २०७६, शनिबार ००:००