
काभ्रे : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी
अर्यालले सहकारी अभियानले महिलाहरूलाई अगाडी बढाउन महत्वपुर्ण
भूमिका खेलेको बताउनुभएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोस) काभ्रेपलान्चोकको ५२ औं
स्थापना दिवस तथा ३८ औं वार्षिक साधारणसभालाई विहिबार
बनेपामा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
मन्त्री अर्यालले सहकारीले गाउँगाउँमा महिलाहरूलाई संगठित गर्दै
उनीहरूको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको
भन्दै सहकारी अभियानको प्रसंशा गर्नुभयो । ‘सहकारी अभियानले
गाउँगाउँमा जागरण ल्याउन ठूलो योगदान दिएको छ । अझ
महिलाहरूलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेलेको छ’, मन्त्री
अर्यालले भन्नुभयो, ‘हिजो परनिर्भर बनेका महिलाहरु आज सहकारीका
माध्यमबाट सामाजिक र आर्थिक विकास गर्दै उद्यमी बनेका छन् ।’
मन्त्री अर्यालले अबको १० वर्षमा सहकारी क्षेत्रले महत्वपूर्ण फड्को मार्ने
दाबी गर्नुभयो । राज्यले संविधानमा नै आर्थिक विकासको तिन खम्बे
अर्थनीतिमा सहकारीलाई उल्लेख गरेको भन्दै सहकारी क्षेत्रमार्फत सुखी
नेपाली र समृद्ध नेपालको सपना साकार पार्न योगदान दिनुपर्ने मन्त्री
अर्यालले बताउनुभयो ।
सहकारी क्षेत्रहरू अब उत्पादनमा लाग्नुपर्ने भन्दै उहाँले बढी भन्दा बढी
सहकारीलाई ब्यवसायिक बनाउने, उत्पादनमा लगाउनेतर्फ लाग्न जोड
दिनुभयो । अब सरकार र सहकारी फरकफरक ढंगले जान नसक्ने भन्दै
सबै मिलेर एकैपटक अगाडी बढ्नुपर्ने बताउनुभयो । मन्त्री अर्यालले
भन्नुभयो, ‘समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्य पूरा गर्न
सहकारी क्षेत्रको महत्त्वपूर्ण योगदान दिनुपर्छ ।’
उत्पादनमा जोडिनुस भन्दा उत्पादित वस्तु बिक्रिबितरणका निम्ती बजार
खोइ? भन्ने प्रश्न आएको भन्दै मन्त्री अर्यालले त्यसैले मन्त्रालयले
सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) कार्यक्रम लागू गरेको
बताउनुभयो । अहिले काभ्रे सहित काठमाडौं आसपासका ६ जिल्लामा यो
कार्यक्रम लागु भएको भन्दै अब गण्डकी प्रदेशमा विस्तार गर्ने योजनामा
रहेको र त्यसैगरी देशैभरी सहकारी बजार विकास कार्यक्रम विस्तार गरिने
बताउनुभयो । ‘सहकारीको बजारीकरण मौलिक ढंगले अगाडि बढिरहेको छ
। यसलाई मुलुकभर विस्तार गरेर कृषकको गुनासोलाई समेट्छौ’, उहाँले
भन्नुभयो ।
बचत तथा ऋण सम्बन्धी काम गर्ने सहकारी संस्थाहरू अत्यधिक भएका
कारण मन्त्रालयले मर्जर अभियान सञ्चालन गरेको भन्दै उहाँले अब
कृषिमा आधारित सहकारी संस्थामार्फत गाउँ गाउँमा कृषि खेती वृद्धि
गरिने बताउनुभयो ।
मन्त्री अर्यालले सहकारीमार्फत ठूला उद्यम, फार्म खोल्नका निम्ती
जग्गाको हदबन्दी बाधक भएको समस्यालाई समाधान गर्न भूमि ऐन
संशोसन कार्य अगाडी बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उद्यमी
बन्ने, ठूला फार्म खोल्नका निम्ति जग्गाको हदबन्दी नलाग्ने गरि हामी
भूमि ऐन संशोधन गर्दैछौ । यसले सहकारी संस्थामार्फत ठूला
उत्पादनजन्य काम गर्न सहज हुनेछ ।’
काभ्रे जिल्ला सहकारीमार्फत कृषि कार्य गर्ने नमुना जिल्लाको रूपमा
स्थापित हुन सफल भएको भन्दै उहाँले बाँकी काममा पनि नमुना
बनाउन लाग्न आग्रह गर्नुभयो ।
आर्थिक हिसाबले, समृद्धि, रोजगारीको हिसाबले सम्भावना बोकेको जिल्ला
काभ्रेलाई काठमाडौंको स्याटेलाइट सिटीको रुपमा विकास गर्नुपर्ने अवस्था
आएको मन्त्री अर्यालले बताउनुभयो ।
मन्त्री अर्यालले आफु सेवा प्रवाहसँग पनि जोडिएको भन्दै जमिनलाई
छियाछिया पारेर पैसा कमाउने कार्यको अन्त्य गर्न खोजेको बताउनुभयो
। ‘धर्ती आमालाई छियाछिया पारेर पैसा कमाउने कुरा राम्रो होइन ।
त्यसलाई व्यवस्थापन गरेर फरक ढंगले प्रयोग गरेर उत्पादनमा लगाउने
हो । यसैलाई व्यवस्थापन गर्न अहिले भूमि ऐन ल्याएका छौ’, मन्त्री
अर्यालले भन्नुभयो ।
अधिकतम आफ्नो भूमि आफैंले प्रयोग गर्नेगरी अगाडी बढेको भन्दै अब
विदेशिएका युवा नेपाल फर्काएर विदेशका युवा नेपाल ल्याउने अभियान
सरकारको रहेको बताउनुभयो । जग्गाको मालिकले कमाउन नसकेको
जमिन सरकारले स्थापना गरेको भूमि बैंकमा राख्ने र त्यसलाई
सरकारले विभिन्न उत्पादनजन्य कार्यमा लगाउनेगरी भूमि बैंकको
कन्सेप्ट अगाडी बढाउको मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो,
‘सबै पालिकामा भूमि बैंक बनाउने योजना अनुसार भूउपयोग ऐन अगाडि
बढाएका छौ ।’
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी
अभियान समृद्धिको अभियान भएको भन्दै यसलाई सबैले अझ राम्रो
बनाउन लाग्नुपर्ने बताउनुभयो ।
पत्रकार सहित विभिन्न सम्मानित
यसैबीच त्यस अवसरमा कारोबार दैनिकमा कार्यरत सहकारी पत्रकार
समाजका संस्थापक अध्यक्ष यादव हुमागाईलाई सहकारी पत्रकारिता
पुरस्कार प्रदान गरिएको थियो भने विभिन्न व्यक्ति तथा संस्थालाई
सम्मानित गरिएको थियो । त्यस
प्रतिक्रिया