
पेरिस, फ्रान्सले फेसबुक कम्पनीले जारी गर्न लागेको लिब्रा नामको क्रिप्टोकरेन्सी (विद्युतीय मुद्रा) लाई युरोपमै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । यस मुद्राका कारण युरोपेली सरकारहरुको “मुद्रा सम्प्रभूता” संकटमा पर्ने खतरा रहने भन्दै फ्रान्सले उक्त चेतावनी दिएको हो । “म के कुरामा प्रष्ट छु भने युरोपेली मुलुकमा यो मुद्रा अहिलेकै अवस्थामा सञ्चालनमा विल्कुलै प्रयोगमा ल्याउन दिइने छैन,” फ्रान्सका अर्थमन्त्री ला मायरले भन्नुभयो । उहाँ ओइसिडी सम्मेलनको उदघाटनका अवसरमा बोल्दै हुनुहुन्थ्यो ।
प्रतिक्रिया