![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/Kuwait-Vs-Nepal-FIFA-World-Cup-Asian-Qualifiers-660x330.jpg?resize=720%2C360)
काठमाडौं, २० भदौ । विश्वकप फुटबलको एसियाली छनोटअन्तर्गत कुवेतविरुद्ध नेपाल ७-० गोलअन्तरले पराजित भएको छ । खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक देखिएको कुवेतले सुरुवाती १४ मिनेटमा नै २ गोलको अग्रता लिएको थियो । यद्यपि, कुवेतले पहिलो हाफसम्म थप गोल गर्न सकेन ।
दोस्रो हाफको सुरुदेखि नै कुवेत आक्रामक देखियो । ५१ औं मिनेटमा उसले ३-० को अग्रता बनायो । त्यसको ८ मिनेटपछि कुवेतले ४ गोलको अग्रता बनायो । त्यसपछि, पुनः ६८ औं मिनेटमा गोल गर्दै कुवेतले नेपाललाई थप निराश बनायो । इन्जुरी समयमा थप दुई गोल गर्दै कुवेतले ७-० को जित पक्का गर्यो ।
यो जितसँगै कुवेत समूहको शीर्षस्थानमा उक्लिएको छ । नेपालले मंगलबार चाइनिज ताइपेईसँग अर्को खेल खेल्दैछ ।
प्रतिक्रिया