२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

खेलकुद

कतार विश्वकपको प्रतिक अनावरण


१९ भाद्र २०७६, बिहिबार ००:००

0
Shares


सन् २०२२ मा एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकपको प्रतिक दोहा, लन्डन र न्युयोर्कबाट अनावरण गरिएको छ ।
विश्वकपको प्रतिक कतारको राजधानी दोहा, लन्डनको लेस्टर स्क्वायर, न्युयोर्कको टाइम्स स्क्वायर, फ्रान्सको गरे डु नर्ड पेरिससँगै विश्वको २७ मुख्य शहरबाट अनावरण शुरु गरिएको हो । कतार विश्वकपको दोस्रो चरणका पहिला खेल आजबाट शुरु हँदैछन् ।
कतार विश्वकपको प्रतिक अरब संस्कृतिको आधारमा वुलन शलमा विन्टर सिजनको रिफ्लेक्ट हुने गरी निर्मित गरिएको छ ।

पहिलोपटक विन्टर सिजनमा हुने कतार विश्वकप २१ नोभेम्वरमा शुरु भएर १८ डिसेम्वरमा समापन हुनेछ । १८ डिसेम्वर कतारको राष्ट्रिय दिवस हो ।
कतारले २०१० मा नै २०२२ मा विश्वकप आयोजना गर्ने अधिकार पाएको थियो । विश्वकप आयोजनाको लागि उसले अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया र जापानलाई भोटिङमा पछि पारेको थियो ।

-एजेन्सी

प्रकाशित : १९ भाद्र २०७६, बिहिबार ००:००