१२ फाल्गुन २०८१, सोमबार । February 24, 2025

समाचार

स्थानीय तहमा कीर्ते कागजात तयार गरी बजेट दुरुपयोग गर्ने प्रवृती बढ्यो,नियन्त्रण कसले गर्ने ?



स्थानीय तहमा अहिले बेरुजूको स्थिति उच्च रहेको तथ्यांक महालेखा परिक्षक कार्यालयले हालै सार्वजनिक गरेको थियो । यो तथ्याकंले स्थानीय तहमा चरम भ्रष्टचारको अवश्थालाई प्रष्ट पार्दछ । स्थानीय तहमा विभिन्न योजनाअन्तर्गत विनियोजित रकमको ५० प्रतिशत पनि काम सम्पन्न नगरी किर्ते कागजी प्रक्रिया पूरा गरेर बजेट दुरुप्रयोग गर्ने प्रवृती बढेको छ । तर,नियमनकारी निकाय सक्रिय नहुँदा स्थानीय तहमा रहेका दलसम्बद्ध नेता कार्यकर्ता पोष्ने सरकारको रुपमा चित्रित हुन थालेको छ । यसै सन्दर्भमा देशका विभिन्न ठाउँको स्थानीय तहमा भएको आर्थिक दुरुपयोगको घटना सार्वजनिक हुन थालेको छ ।

उक्त अनुगमन समितिको संयोजक उदय सेलिङ र सदस्य अमृत योङयाले हस्ताक्षर नै नगरी किर्ते हस्ताक्षर गरी कागजी प्रक्रिया पूरा गरेको आरोप लगाएका छन् ।

बाजुरा जिल्लाको बूढीगंगा नगरपालिका १० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातको आधारमा दुरुपयोप भएको छ । आव २०७५÷७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको रु तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात तयार पारेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका अध्यक्ष रङ्ग विकले आरोप लगाउनुभयो ।

आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई विभिन्न किसिमका तालीम, गोष्ठी आयोजना गरेर उनीहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनका क्रियाकलाप गर्नाको सट्टा उल्टै बञ्चित गर्न खोजेको उहाँले उनले बताए । त्यस्तै पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा लक्षित वर्गको लागि विनियोजित रकम किर्ते कागजात तयार गरी रकम निकासा गरेको रहष्य खुलेको छ । यसका लागि जिल्लामा ब्यापक अहिले चर्चा विषय बनेको छ । त्यस्तै पाँचथर कै याङवरक गाउँपालिका र फालेलुङको सीमाना पर्ने चरीभञ्याङको पर्यापर्यटनको लागि प्रदेश सरकारले विनियोजित रकममा पनि व्यापक अनियमितता भएको गुनासो छ । यस क्षेत्रको पर्यापर्यटन पुर्वाधार विकासका लागि एक उपभोक्ता समिति गठन गरेपनि उपभोक्ता समितिको अध्यक्षलाई समेत थाहै नदिई रकम निकासा गरेको अनुगमन समितिका सदस्य अमृत योङयाले गुनासो गरेका छन् । त्यस्तै याङवरकमा सञ्चालित अधिकतर योजनामा व्यापक अनियमितता भएकोयोङयाले आरोप लगाएका छन् ।

प्रकाशित : १६ भाद्र २०७६, सोमबार ००:००