![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/Juventus-star-Paulo-Dybala-1163550.jpg?resize=668%2C396)
एजेन्सी । युभेन्ट्स स्टार पावलो डिबाला पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने सम्भावना बढेको केही पत्रकार तथा फुटबल विश्लेषकहरुले बताएका छन् । माउरिजियो सारी प्रशिक्षकमा रुपमा युभेन्ट्स पुगेदेखि नै डिबालाले क्लब छाड्ने सम्भावना थियो ।
२५ वर्षे अर्जेन्टिनी फरवार्ड डिबाला यसअघि म्यानचेस्टेर युनाइटेड र टोटेनहम जाने चर्चा चल्यो । यद्दपी, त्यो सम्झौता हुन सकेन । तर, उनले क्लब छाड्ने सम्भावना भने अझै रहेको बताइएको छ । कारण, ट्रान्फर विन्डो केही दिन अझै खुला रहेकोले डिबाला युभेन्ट्सबाट पिएसजी जाने सम्भावना छ ।
ब्राजिलियन स्टार नेइमार बार्सिलोना जाने सम्भावना बढेपछि डिबाला पिएसजी जान सक्ने अनुमान गरिएको छ । फुटबल बिज्ञ इयान म्यागेरीको भनाई मान्ने हो भने डिबालाका एजेन्टले पनि उनी पिएसजी जाने सम्झौता भएको स्वीकार गरेका छन् । नेइमार भने पिसएजीबाट स्पेन जाने लगभग तय छ ।
प्रतिक्रिया