२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

खेलकुद

नेपाल भुटानसँग भिड्दैै

फाइनलमा पुग्ने लक्ष्य


१२ भाद्र २०७६, बिहिबार ००:००

0
Shares


काठमाडौं, १२ भदौ । भारतको कोलकातामा जारी साफ यू-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आज हुने अन्तिम लिग खेलमा नेपालले भुटानको सामना गर्दैछ । फाइनलमा पुग्न नेपाललाई भुटानविरुद्ध शत्प्रतिशत् जित आवश्यक छ ।
मंगलबार बंगलादेशविरुद्ध जित निकालेसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । साविक विजेता समेत रहेको बंगलादेशलाई नेपालले ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । बंगलादेश र नेपालको समान ६-६ अंक भएपनि हेड टु हेडमा नेपाल अगाडि छ ।

लगातार तेस्रो जित दर्ता गरेको भारत शीर्षस्थानमा छ । भारतले श्रीलंकालाई ५(० ले पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २(० को जित दर्ता गरेको थियो । भारतले भुटानमाथि ७-० को फराकिलो जित निकालेको थियो । लिग चरणमा नै भारतले बिहीबार बंगलादेशको सामना गर्नेछ ।
नेपालले भुटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ । यद्यपि, बंगलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा भने गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ । त्यसको सम्भावना भने निकै न्यून छ । त्यसका लागि बंगलादेशले कम्तिमा ४ गोलको अन्तरले जित दर्ता गर्नुपर्ने हुन्छ । यता भुटानविरुद्ध नेपालले अप्रत्याशित नतिजा निकाल्दै बराबरी वा हार बेहोरेको खण्डमा पनि फाइनल पुग्ने सम्भावना जिवितै रहनेछ । त्यसका लागि भने भारतले बंगलादेशलाई पराजित गर्नुपर्नेछ ।
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । नेपाली समयअनुसार खेल मध्यान्ह १२ : १५ बजे सुरु हुनेछ ।

प्रकाशित : १२ भाद्र २०७६, बिहिबार ००:००