![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/Nepal-U-19-cricket_team_head_coach_Binod_Das.jpg?resize=720%2C480)
काठमाडौं, ५ भदौ । एसीसी यू १९ एसिया कपमा नेपाली क्रिकेट टोलीले आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ । एसिया कप भदौ १९ देखि २८ गते सम्म आयोजना हुँदैछ ।
नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ । अघिल्लो संस्करणमा सेमिफाइनलसम्मको याात्र तय गरेको नेपालले यसपटक समूह चरणमा श्रीलंकासहित टेस्ट मान्यता दुई राष्ट्रको सामना गर्नेछ ।
अर्को टेस्ट टोलीका रुपमा बंगलादेश रहेको छ । नेपाल, श्रीलंका, बंगलादेश र यूएई एउटा समूहमा छन् । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । यसअघिको संस्करणमा नेपालले भारतलाई हराउँदै क्रिकेट जगतमा हलचल मच्चाएको थियो ।
राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।
प्रतिक्रिया