१२ फाल्गुन २०८१, सोमबार । February 24, 2025

समाचार

वाम्बुलेराई जातिको परम्परागत भेष,भूषा लिब्जु कलेक्सन सेन्टरमा



       

काठमाण्डौं । ओखलढुँगा जिल्लाको दक्षिण भेग मानेभञ्ज्याङ्ग गाउँपालिकाका अन्तर्गतका वाक्शा, उबुँ,मानेभञ्ज्याङ्ग,उदयपुर,हिलेपानी लगायतका स्थानहरु वाम्बुलेराई जातिहरुको उद्गम थलो हो । वाम्बुलेराईहरुको आफ्नै भाषा,संस्कार संस्कृति रहेको छ ।

वर्तमान परिप्रेक्षमा आधुनिक समयको प्रभाव सँगै बजारमा आएका विभिन्न प्रकारका फेशन डिजाइने गर्दा वाम्बुलेराईहरुको मौलिक परम्परागत भेष,भूषाहरु लोप भइसकेको अवस्था छ । यीनै समस्यलाई मध्यनजर गरी,भूतपूर्व सिङ्गापुर पुलिस फोर्सका वाम्बुलेराई तथा काठमाण्डौंमा विभिन्न पेशा,व्यवसायमा आवद्धरहेका वाम्बुलेराईहरुको सामुहिक लगानीमा महालक्ष्मीनगरपालिका इमाडोल कृष्ण मन्दिर स्थित लिब्जु कलेक्शन सेन्टर सञ्चालनमा ल्याइएको छ । सो कलेक्सन सेन्टरमा वाम्बुलेराईहरुको मौलिक परम्परागत भेष,भूषा,गरगहना,पहिरनका साथै वाम्बुलेराई जातिको परम्परागत सामग्रीहरु सहजै रुपमा पाउँन सकिने भएको छ । सो लिब्जु कलेक्सन सेन्टर सञ्चालन समितिका अध्यक्ष भुवान सिंह राईले वाम्बुलेराईहरुको मौलिक भेष भूषा हराउदै गएको वर्तमान अवस्थालाई,विशेष मध्यनजर गरी जातीय पहिचानका भेष भूषा,गरगहना,परम्परागत सामग्रीको संरक्षण, प्रवद्र्धनमात्र गर्ने होइन यसलाई व्यवसायिकरण गर्न सकिएमा दीर्घकालीन सम्म जातीय पहिचानको अस्तित्व रहने हुनाले, सोही सोचका साथ लिब्जु कलेक्सन सेन्टर सञ्चालनमा ल्याएको बताए ।

सो कलेक्सन सेन्टरमा वाम्बुलेराई गाउँमा उत्पादित कृषि जन्य खाद्यवस्तु लगायतका सामग्री खरिद बिक्री गर्न सहजै सकिने सञ्चालन समितिका सदस्य सीता राईले बताइन् ।
सो लिब्जु कलेक्सन सेन्टरलाई निकट भविष्यमा ओखलढुँगा जिल्लाका वाम्बुलेराई बसोबास रहेको स्थानीय बजार साथै अन्तराष्ट्रिय सम्म बजार विस्तार गर्ने सञ्चालक समितिको लक्ष्य रहेको अध्यक्ष राईले बताए ।

प्रकाशित : १४ असार २०७६, शनिबार ००:००