११ फाल्गुन २०८१, आइतबार । February 23, 2025

पर्यटन

वर्षाले भरतपुरका सबै उडान रद्द



भद्रपुर, ७ असार । लगातारको वर्षाका कारण आज भरतपुर विमानस्थलका सबै उडान रद्द भएका छन् । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार ‘भिजीबिलिटी’ नपुगेका कारण उडान अवरुद्ध भएका हुन् ।

उडानका लागि पर्याप्त भिजीबिलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर नागरिक उड्डयन कार्यालयका उपप्रबन्धक केशव लम्सालले जानकारी दिनुभयो । “उडानका लागि भिजीबिलिटी पाँच हजार मिटर हुनुपर्छ”, उहाँले भन्नुभयो, “आज एक हजारदेखि दुई हजारसम्म मात्र भिजीबिलिटी पुग्यो ।”

आकाश एक हजार ५०० फिट खुल्नुपर्नेमा जम्मा एक हजारभन्दा माथि जान नसकेको उहाँले बताउनुभयो । उडान रद्द भएपछि यात्रु गन्तव्यमा जान पाएनन् । भरतपुर विमानस्थलबाट दैनिक आठ उडान हुने गरेका छन् । बुद्ध एयरको पाँच र यती एयरको चार उडान नियमित हुने गरेको छ । बुद्ध एयरले चार उडान काठमाडौँ र एक उडान पोखराका लागि भर्ने गरेको छ ।

–––

प्रकाशित : ७ असार २०७६, शनिबार ००:००