
सोल, ४ असार (रासस – सिन्ह्वा) ः दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ । दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिनु भएको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत उत्तर कोरियालाई उक्त चामल प्रदान गरिने किमले बताउनु भएको छ । किमका अनुसार सरकारले दुई महिनाभित्र उक्त ५० हजार टन चामल उत्तर कोरियालाई दिई सक्ने डब्ल्यूएफपीले जानकारी दिएको छ । यसै महिनाको शुरुमा उत्तर कोरियाका लागि ८० लाख अमेरिकी डलर बराबरको रकम दक्षिण कोरियाले डब्ल्यूएफपी र युनिसेफमार्फत उत्तर कोरियालाई दिएपछि पुनः यो चामल प्रदान गर्ने योजना आएको हो
प्रतिक्रिया