भारतको जि टिभिले सञ्चालन गरेको रियालिटि सो लिटल च्याम्पस सारेगामपमा सेकेन्ड रनरअप बनेका इटहरीका प्रितम आचार्यलाई इटहरीमा भब्य स्वागत गरिएको छ । सानै उमेरमा गायन क्षेत्रमा लागेर भारतको लिटल च्याम्पसमा पुगेका आचार्यको निकै चर्चा भएको थियो । उनलाई भब्य स्वागत गर्न ईटहरिबाट दर्जन गाडी सहित सयौ जना काकडभित्ता पुगेका थिए । काकडभित्तामा त्यहाका स्थानियबासीहरु लगायतले स्वागत सम्मान गरेका थिए ।

नेपालको छोरा प्रीतम – हाई हाई’ भन्दै उनलाई सबैले बोकेका थिए । त्यस्तै बिर्तामोडको होटल हेभेन ग्राण्ड र दमक, उर्लाबारी लगायत ठाउहरुमा पनि उनलाई भब्य स्वागत सम्मान सहित उनको सांगितिक भबिस्यको लागि सुभकामना प्रदान गरिएको थियो साथै उनलाई ईटहरिमा पनि भब्य स्वागत सम्मान गरियो ।सारेगमप लिटिल च्याम्प्समा उनलाई आईतबार साझ भएको फाईनलबाट उनि सेकेन्ड रनरअप भएको घोषणा भएको थियो । फाइनल सम्म पुग्ने अपक्षा नभएको भए पनि तेश्रो भएकोमा खुसी व्यक्त गर्दै धेरै कुरा सिक्न पाएको र नेपालबाट धेरै सहयोग मिलेको प्रितम आचार्यले बताए ।
https://www.youtube.com/watch?v=yogY2yWu2eM&feature=youtu.be
प्रतिक्रिया