केप क्यानेभरल, फ्लोरिडा, ६ असोज (रासस÷एपी) ः क्यारेवियन महासागरबाट शुरु भै संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा समेत लार्खौ मानिसलाई आतङ्कित पारेको आँधी एर्माले एपोलो मिसनमा चन्द्रमालाई परिक्रमा गरी फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रमा हुर्काइएको एक वृक्ष, ‘मुन ट्री’ लाई नस्ट गरेको बताइउको छ।
केनेडी अन्तरिक्ष केन्द्रले शुक्रबार आँधीबाट भएका क्षतिको लगत सङ्कलन र जानकारी गराउने क्रममा ऐतिहासिक मुन ट्री पनि ढलेको जनाएको छ ।
सन् १९७१ मा अन्तरिक्ष यात्री स्टुआर्ट रूसाले एपोलो १४ मा लिएर गएका सयौँ वृक्षका विउ लिएर गएका थिए । एपोलो १४ पृथ्वीमा फर्केपछि भएको विष्पोटपछि ती सवै मिसिएका थिए । तिनीहरू परीक्षणका लागि प्रयोग गर्न नसकिएपनि आफ्नै हिसाबले उम्रेर हुर्किएका थिए ।
अमेरिकाको २०० औँ जन्मोत्सवका उपलक्ष्यमा पछि ती विरुवालाई राज्यका विभिन्न स्थानमा सारिएको थियो । तर ती सवै विरुवा कहाँकहाँ सारिएको थियो भन्ने कुनै तथ्याङ्क राखिएको छैन ।
नासाको दर्शक दिर्घामा रोपिएको उक्त ‘मुन ट्री’ले अन्तरिक्ष अन्वेषणको अमेरिकी अन्वेषण केन्द्र नासाको उक्त इतिहासलाई एर्माले ढलाएको हो ।
प्रतिक्रिया