९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

साहित्यकार अधिकारी पुरस्कृत



बागलुङ, ३१ साउन । रणस्मृति पुरस्कार संस्था बागलुङले यस वर्ष स्थापित ‘शक्ति पुरस्कार एवं सम्मान’ स्याङ्जाका साहित्यकार विश्वप्रेम अधिकारीलाई प्रदान गरेको छ ।

नेपाली साहित्यमा पु¥याएको योगदानबापत अधिकारीलाई रु आठ हजार पुरस्कारसहित सम्मानपत्र सोमबार बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले प्रदान गर्नुभयो । संस्थाले यसअघि जेहेन्दार विद्यार्थीलाई रणस्मृति पुरस्कार प्रदान गर्दै आएको छ । ‘विद्यार्थीसँगै यो वर्षदेखि साहित्यिक क्षेत्रको व्यक्तित्वलाई पुरस्कृत एवं सम्मान गर्न सुरु गरेका छौंँ’ संस्थाका अध्यक्ष काजी रोशनले भन्नुभयो ।

यस वर्षको रणस्मृति पुरस्कार पाउने विद्यार्थीमा रुद्रेपीपल मावि कक्षा ८ का पुष्प पौडेल र सिवानी विक, धवलागिरि वीरेन्द्र माविका करिष्मा विक र सपना शर्मा तथा रामरेखा आधारभूत विद्यालय कक्षा ५ का राजदेव मगर छन् । बागलुङका समाजसेवी एवं शिक्षाप्रेमी शक्तिबहादुर खड्काले आफ्ना स्व पिता रणबहादुरका स्मृतिमा स्थापना गरेको कोषबाट पुरस्कार एवं सम्मान दिने गरिएको छ ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलबार ००:००