रामपुर (पाल्पा), ३१ साउन । लगातारको वर्षाका कारण रामपुर नगरपालिका–६ मा एक घर भत्किएको छ । चारपाटेमा रहेको इन्द्रबहादुर कुमालको दुईतले घर भत्किएको हो ।
घर भत्किएपछि कुमालको परिवार अहिले आफन्तकामा आश्रय लिएर बसेको छ । आफन्त र स्थानीयवासीले तत्काल उद्धार गरेका कारण मानवीय क्षति हुनबाट कुमालको परिवारलाई बचाउन सफल भएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
घर क्षतविक्षत अवस्थामा रहेको र पीडित परिवारलाई वडाले केही राहत रकम प्रदान गर्ने उहाँले बताउनुभयो । त्यसैगरी, विजयपुरको नयाँ बजारमा शालिकराम पाठकको घर पछाडि लगाइएको पर्खाल भत्किँदा घर जोखिममा परेको छ । करिब १० मिटर जति पर्खाल भत्किँदा घरमा जोखिम बढेको हो ।
प्रतिक्रिया