गाईघाट (उदयपुर), ३० साउन । हुर्मा खोला तर्ने क्रममा बगाउँदा रौतामाई गाउँपालिका–६ की ५६ वर्षीया कर्णमाया मग्रातीको आज मृत्यु भएको छ ।
बाढी आएको सो खोला तर्ने क्रममा उनको नातिलाई पनि बगाएको तर उनको नाम, थर र वतन खुल्न सकेको छैन । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताउनुभयो ।
आफन्तकहाँबाट घर फर्कँदै गर्दा अपराह्न १ बजे उनीहरुलाई खोलाले बगाएको थियो । मग्रातीको शव बगाइएको स्थानभन्दा केही तल भेटिएको थियो ।
प्रतिक्रिया