९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

श्रीकृष्ण जन्माष्टमी



धनगढी, ३० साउन । शान्त, समृद्ध र सभ्य समाज निर्माणका लागि अध्यात्मिक ज्ञान र चिन्तन अपरिहार्य रहेकामा आज यहाँ आयोजित प्रवचन कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय धनगढीद्वारा आयोजित प्रवचन कार्यक्रममा विश्वविद्यालयकी सञ्चालिका ब्रह्मकुमारी हीरा दिदीले हरेक मानवले नैंतिकता, पवित्रता, सत्चरित्र र सत्यताको मार्गमा अडिक हुनसकेमा समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सकिने बताउनुभयो ।

कैलाली जिल्ला अदालतका न्यायधीश धनसिं महराले मानवलाई सही मार्गमा डो¥याउन अध्यात्मिक चिन्तन पनि जरुरी रहेको उल्लेख गर्नुभयो ।

अर्का न्यायाधीश भूवनसिंह थापाले धर्म र नैतिकता कानूनभन्दा बलियो रहेको बताउँदै नैतिकता, इमान्दारिता र सत्यताको भावनाको विकास हुन सके समाज पनि सभ्य हुने चर्चा गर्नुभयो ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ००:००