६ चैत्र २०८१, बिहिबार । March 20, 2025

मुख्य खबर

छ लाख ३२ हजार बिरुवा रोपियो



दाङ, २६ साउन । सामुदायिक वन दिवसमा यहाँका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ दाङको आह्वानमा बुधबार जिल्लाभरि रहेका ५०० सामुदायिक वन समूहले वृक्षरोपण गरेका छन् । सामुदायिक वन दिवसको अवसरमा जिल्लाका ५२४ सामुदायिक वन समूहमा १८ प्रजातिका छ लाख ३२ हजार बिरुवा रोपिएको वन महासंघका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनुभएको छ ।

‘संघीयतामा सामुदायिक वन, स्थानीय समुदायको पहिचान’ भन्ने मूल नाराका साथ सामुदायिक वन दिवस मनाइएको हो । दाङको लमही, तुलसीपुर र घोराहीमा रहेका विभिन्न सामुदायिक वनमा वृक्षरोपण गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : २६ श्रावण २०७४, बिहिबार ००:००