काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय धुम्बाराहीमा आज पार्टीको नाम एमालेको साइनबोर्ड राख्ने जनाएको छ ।
सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको एक नेताले जानकारि दिएका छन् ।
सोमबारबाटै देशभरका पार्टी कार्यालयहरुमा ‘नेकपा एमाले’ लेखिएका साइनबोर्ड राख्ने क्रम सुरु भएको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया