काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिचयपत्र नभएका कारण ज्येष्ठ नागरिकलाई खोप लगाउनबाट वञ्चित नगर्न आग्रह गरेको छ ।
मन्त्रालयको आजको प्रेस व्रिफ्रिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले उमेर खुल्ने परिचयपत्र साथमा नल्याएका ज्येष्ठ नागरिकलाई खोप केन्द्र रहेको सम्बन्धित वडा कार्यालयको सिफारिसमा खोप लगाउन आग्रह गरेका छन् ।
प्रवक्ता गौतमले खोप केन्द्रसम्म पुगेका ज्येष्ठ नागरिकहरू परिचयपत्र साथ नहुँदा खोप नलगाई फर्किएको भन्ने गुनासोहरू आएकाले परिचयपत्र नबोकी खोप केन्द्र पुगेका ६५ वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई अनिवार्य खोप लगाउन सम्बन्धित सबैमा अनुरोध गरेका हुन् ।
प्रतिक्रिया