काठमाडौँ । धरानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार धनकुटा–७ की ४० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको बताइएको छ ।
उनी मधुमेहबाट समेत पीडित रहेको उल्लेख छ ।
प्रतिक्रिया