काठमाडौँ । चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृष्ण लीला’को दोश्रो गीत ‘डियर बन्न मन छ’ सार्वजनिक गरेको छ ।
निशान भट्टराई र समिक्षा अधिकारीको स्वर रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत, नारायण प्रसाद बास्कोटाको शब्द छ ।
यो गीतको भिडियोमा चलचित्रका मुख्य नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ ।
दीपक वलीको निर्देशनमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।
प्रतिक्रिया