१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

विप्लवको माग : वैज्ञानिक समाजवाद देखि जनमत संग्रह सम्म


२१ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौंँ ।   नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिमा आउन विस्वस्त र प्रतिबद्ध रहेको बताएका छन् । उनले जनताको सपना पुरा गर्ने सपनामा पनि संगै अघि रहेको समेत बताएका छन् । काठमाडौँको राष्ट्रिय सभा गृहमा सार्वजनिक हुने क्रममा सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् ।

विप्लवले ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको पनि उनले बताएका छन् । वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राखेका छन् ।

सरकारसँग भएको सहमतिप्रति कार्यान्वयन गर्नेमा विशेष जोड दिएका विप्लवले आफ्नो माग पूरा हुने वातावरण बनाउन पनि माग गरेका छन् ।

साथै जनताको समस्यामा सरकार एक ढिक्का भएर अघाडी बढ्नेमा समेत विश्वास गरेका छन् ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार ००:००