काठमाडौं । विप्लव समुह संगको सरकारले गरेको सहमतिलाइ विषेश दिनको रुपमा धेरैले हेरेका छन् । गृहमन्त्री र विप्लव समुहका प्रकाण्ड समुह विच भएको सहमति पछि राजनैतिक तरंग हुने धेरैको आकलन छ ।
शुक्रबार एक कार्यक्रमका विच विप्लव सार्वजनिक हुने बताइएको छ । विप्लव सार्वजनिक कार्यक्रममा एउटै स्टेजमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्दैछन् । त्यो सम्बोधनलाइ पनि राजनैतिक विश्लेशकहरुले विषेश रहेको बताउँदे आएका छन् ।
यसैविच गृह मन्त्रालयले विप्लव समूहका हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको बताइएको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको हो ।
प्रतिक्रिया