काठमाडौं । अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले सरकार गिराउने षड्यन्त्र सुरु भएको जनाएका छन् ।
एक कार्यक्रममा बोल्दै उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा प्रकाशन गरेपछि ओली सरकारविरुद्ध प्रहार सुरु भएको पौडेलले टिप्पणी गरेका छन् । उनले विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता भएर तीन बुंदे सहमति भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री र विप्लवले भोलि सहमति सार्वजनिक गर्ने समेत स्पस्ट पारेका छन् ।
साथै मन्त्री पौडेलले विखण्डनको पक्षमा नारा लगाउने डा. सीके राउतलाई पनि सम्झाएर सहमतिमा ल्याउन ओली नेतृत्वको सरकार सफल भएको पौडेलले उल्लेख गरेका छन् ।
प्रतिक्रिया