काठमाडौं। केही महिना अगाडि मात्र सार्वजनिक गरिएको ‘सिनेमा घर एप’बाट केही चलचित्र पाइरेसी गरेको आरोपमा प्रहरीले लमजुङका २५ बर्षिय सुजन परियारलाई पक्राउ गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै परियार पक्राउ गरिएको जानकारी दिइएको छ ।
चलचित्र विकास बोर्डमा आयोजना भएको पत्रकार सम्मेलनमा यो एपका संचालक सागर खरेल र खगेन्द्र लामिछानेले मोबाइलबाट खिचेर चलचित्र पाइरेसी भएको जानकारी दिए ।
अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी परियारलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको पत्रकार सम्मेलनमा अपराध महाशाखाका प्रहरी निरिक्षक भूवन बहादुर खड्काले जानकारी दिए ।
प्रतिक्रिया