काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्ने बताइएको छ ।
आर्थिक वर्ष २०७३ र ७४ मै कार्यान्वयन सहमति पाएको सुनकोशी मरनि डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज प्रधानमन्त्री ओलीले शिलान्यास गर्न लागेका हुन् ।
करिब ४६ अर्ब लागतको उक्त आयोजनामा तामाकोशी र सुनकोशी मसिनिे स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिनमा खसालिने छ ।
मरिनको पानी वागमतीमा पुग्ने छ र वागमती सिचाइँ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिचाइँ सुवधिा पुर्याउन सकिने छ ।
मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिचाइँ नहरमा लगिने छ।
आयोजना कार्यान्वयनसँगै मरिन नदी आसपासका बासिन्दाको आर्थिक समुन्नत हुने सरकारको विश्वास रहेको छ ।
प्रतिक्रिया