काठमाडौँ । माटोको ढिस्कोले पुरिएर मोरङमा एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो ढिस्कोले पुरिएर भारतको दरभङ्गा घर भएकी २० वर्षीया वन्सुबिया यादवको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार मृतक युवती केही दिनअघि सुनवर्षी नगरपालिका–४ गान्धीआश्रमस्थित मामाघर आएकी थिइन् ।
माटोले पुरिएर सुनवर्षी ४ की ९ वर्षीय बालिका मनिका यादव र ५५ वर्षीया महिला झोलिया यादव घाइते भएका छन् । दुवैको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया