२६ आश्विन २०८१, शनिबार । October 12, 2024

समाचार

आगलागीबाट भएको क्षतिप्रति राष्ट्रपति भण्डारी द्धारा दुःख व्यक्त



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् ।

ताप्लेजुङको दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार ००:००