काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । गएरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मुल्यवृद्धि गरिएको निगमले जानकारि दिएको छ ।
नयाँ मुल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय १६ र डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ । साथै, हवाई ईन्धन आन्तरिकतर्फ साविकको मूल्यमा ५ रुपैयाँ वृद्धि भएपछि प्रतिलिटर ७२ रुपैयाँ पुगेको छ ।
निगमले अन्तर्राष्ट्रियतर्फ २५ डलर वृद्धि गरी प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर पुर्याएको छ । निगमले यसअघि गत फागुन ४ गतेपनि पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको थियो । मुल्य बढाउँदा समेत पाक्षिक घाटा १ अर्ब ३२ करोड रुपैयाँ रहेको निगमको दाबी छ ।
प्रतिक्रिया