काठमाडौं। सन् २०१६ मा नायिका कंगना रनौत र नायक ऋतिक रोशनविच इमेलको विवाद चलेको थियो । यहि विवादको बिषयमा मुम्बई क्राइम ब्रान्चले शनिबार ऋतिकसँग ३ घन्टा लामो सोधपुछ गरेको छ ।
ऋतिकले मिडियासँग भने कुनै पनि प्रतिक्रिया नदिएको भारतिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सन् २०१६ मा ऋतिकले सहकर्मी कंगनालाई एउटा इमेल पठाएको आरोप उनीमाथि लागेको छ । तर, ऋतिकले भने सो समय उनी अरु कोहीसँग च्याट गरिरहेको बयान दिएका छन् ।
प्रतिक्रिया