३० आश्विन २०८१, बुधबार । October 17, 2024

समाचार

प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाने



काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाने कार्यक्रम रहेको उनका निजि सचिवालयले जनाएको छ ।

ओलीले झापाको बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रम रहेको जानकारि प्राप्त भएको छ । त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ ।

उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ ।

केपी शर्मा ओली अस्ती मात्र झापामा सम्बोधनको क्रममा पुगेका थिए ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार ००:००