काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वातावरण बन्ने उनको भनाई छ ।
नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले भने प्रधानमन्त्री अब पनि कुर्सिमा बस्नुको कुनै अर्थ छैन ।
विष्टले नेकपाको आधिकारिताको पुष्टि आफूहरुतिर रहेका बहुमत केन्द्रीय सदस्यहरुले गर्ने पनि बताएका छन् ।
प्रतिक्रिया