काठमाडौँ । आज देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको साथै उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संम्भावना रहेको छ ।
अहिले देशका पहाडि भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली रही वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया