३ कार्तिक २०८१, शनिबार । October 19, 2024

समाचार

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात



काठमाडौं ।   कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००