३ कार्तिक २०८१, शनिबार । October 19, 2024

समाचार

तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएपछि साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट



काठमाडौं ।  तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएपछि साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ। बर्डफ्लू देखिएपछि बिहीवार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा, ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना नष्ट गरिएको हो ।

यस्तै सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला र ७५० किलो दाना, सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र एक हजार ७ वटा लोकल कुखुरा, शान्ता खनालको १०० वटा लोकल कुखुरा र २ वटा टर्की समेत मारेर नष्ट गरिएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००