२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

मनोरञ्जन

रवी तेजाले पारिश्रमिक १६ करोड पुर्‍याए



काठमाडौं।  तेलुगू स्टार रवी तेजा दर्शकमाझ अत्याधिक प्रसिद्धि कमाएका नायक हुन् । उनले आफ्नो पारिश्रमिक बढाएका छन् । रवी तेजाले पारिश्रमिक १६ करोड पुर्‍याएका भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।
रवीको अभिनय करियरमा सर्वाधिक हिट फिल्ममा ‘क्र्याक’ पनि परेको छ ।

रवीले नयाँ फिल्मका लागि १६ करोड पारिश्रमिक मागेपछि निर्माताहरु हच्किएका थिए । तर ‘क्र्याक’को सफलता देखेपछि निर्माताहरु रवीलाई १६ करोड पारिश्रमिक दिन राजी भएका छन् । रवि लामो समयदेखि सिनेमामा सक्रिय छन् ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार ००:००