३० आश्विन २०८१, बुधबार । October 16, 2024

मनोरञ्जन

अन्जु पन्तले गरिन् विहे



काठमाडौं। गायिका अन्जु पन्त प्रेमि थिर कोइराला संग वैवाहिक जीवनमा बाँधिएकी छिन् । अन्जु र थिरले चर्चमा बिहे गरेको हुन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।

उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ । छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

अन्जु र थिरको बिहे मिति केही समय अगाडि नै फाइनल गरिएको थियो । अन्जुलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार ००:००