३ कार्तिक २०८१, शनिबार । October 19, 2024

समाचार

श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ



काठमाडौँ ११ फागुन ।  झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसनधान भइरहेको छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार ००:००