प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मदिन तेह्रथुममा मनाउँदा काटेको केकले ६९औँ जन्मदिन केहि आलोचित बनेको थियो । उनै नेपालका बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७०औं जन्मदिन मनाउँदै छन् ।
वि संं२००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा जन्मेका ओली मोहनप्रसाद ओली र स्वर्गिय मधु ओलीका छोरा हुन् । प्रधानमन्त्रीको बोल्ने शैलीका अत्याधिक समर्थक छन् । केहिले प्रधानमन्त्रीको बोल्ने शैलीलाई हासोको खुराककै रुपमा पनि लिइरहेका छन्
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।
जन्मदिनका अवसरमा प्रधानमन्त्री ओलीलाई शुभकामनाको ओइरो लागेको छ । अस्वस्थ भएपनि प्रधानमन्त्रीको इच्छाशक्तिको भने धेरै प्रशंसक छन् ।
शमृद्ध नेपाल , शुखि नेपालीको नारा लिएका प्रधानमन्त्री ओलीको बोली २५ बर्षे यूवाको भन्दा कम जोशिलो छैन । उनले बोल्ने शैली निकै प्रभावकारि छ ।
प्रतिक्रिया