काठमाडौँ ९ फागुन । पल शाह र स्वस्तिमा खड्काको अभिनय रहेको नयाँ भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो अत्याधिक दर्शकले रुचाएका छन् ।
शनी विश्वकर्मा र समिक्षा अधिकारीको स्वरमा समावेश ‘ज्यानमारा मुस्कान’ बोलको गीत सार्वजनिक गरिएको हो । दुर्लभ केसीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत रहेको छ ।
गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।
प्रतिक्रिया