काठमाडौँ ८ फागुन । साउथ फिल्मकी सफल नायिका पूजा हेग्डे चर्चाको शिखरमा छिन् । एकपछि अर्को हिट ब्यानरमा उनी आवद्ध भैरहेकी छिन् । जति हिट ब्यानर तेति हिट फिल्म भइरहेको छ उनको लागि ।
उनी, नायक रणवीर सिंहको मुख्य भूमिका रहने चलचित्र ‘सर्कस’मा पनि काम गर्दैछिन् । बलिउडमा करिअर चम्किन थालेपछि र व्यस्तता बढ्न थालेपछि पूजाले मुम्बइको महंगो इलाका मानिने बान्द्रमा घर किनेकी छिन् ।
भारतीय मिडियाका अनुसार उनले आफ्नै कमाइले थ्री बीएचके घर किनेकी हुन् ।
एकपछि अर्को चलचित्रको छायांकनमा व्यस्त भएपनि पूजाले घरका लागि समय दिइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रतिक्रिया