९ बैशाख २०८२, मंगलबार । April 22, 2025

मनोरञ्जन

गायक स्वरुपराज आचार्य र रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक



काठमाडौँ ८ फागुन । गायक स्वरुपराज आचार्य र रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। म्युजिक भिडियोमा नायक पल शाह र गरिमा शर्माको मुख्यअभिनय रहेको छ । लाली ओठैमा बोलको यो गीतमा गीतकार तारा अधिकारीको शब्द रहेको छ भने राजनराज शिवाकोटीले संगीत भरेका छन्। यसमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।

रमेश थापाको निर्देशन रहेको भिडियोमा करण चैसिरले सिनेमेटोग्राफी दिएका छन्। भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

लाली ओठैमा बुधबार युट्युब च्यानल सुनौलो ताराबाट सार्वजनिक भएको छ।

प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार ००:००