काठमाडौँ ७ फागुन । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीमा रहेको शव बुझेका हुन् ।
घटनाको अनुसन्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो ।
पीडित परिवारका सदस्यसँग समेत अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको बताएपछि आफन्तले शव उठाएका हुन् ।
प्रतिक्रिया