काठमाडौँ ७ फागुन । मकवानपुर प्रहरीले २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले हेटौंडा उपमहानगरपालिका–११ बाट राक्सिराङ गाउँपालिका–१ पलासेका २१ वर्षीय नवराज थिङ र सोही ठाउँका २० वर्षीय बाबुराम थोकरलाई गाँजासहित पक्राउ गरेको हो । थिङ अटो चालक हुन् ।
ना. १ ह ७२३६ नम्बरको अटोको पछाडिको सिटमा गाँजा लुकाएर राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताएको छ ।
प्रतिक्रिया